सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

रुपन्देही–२ मा रास्वपाको फराकिलो अग्रता, १३ हजारभन्दा बढी मतान्तरले पछि परे पूर्वमन्त्री विष्णु पौडेल

शुक्रबार, २२ फागुन २०८२, १४ : १२
शुक्रबार, २२ फागुन २०८२

बुटवल । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार हालसम्म २४ हजार ९२८ मत गणना हुँदा खरेलले १६ हजार ७८८ मत प्राप्त गरेका छन् । 

उनका निकटतम प्रतिस्पर्धी एमालेका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल १३ हजारभन्दा बढी मतले पछि परेका छन् । नेकपा एमालेका उम्मेदवार पौडेल ३ हजार ५१७ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।

नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले २ हजार २६४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विश्वदीप पाण्डेले ४६३ मत प्राप्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप