शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

मकवानपुर– १ मा रास्वपाका गौतमले मतान्तर बढाए

शुक्रबार, २२ फागुन २०८२, १९ : ३६
शुक्रबार, २२ फागुन २०८२

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१मा रास्वपाका उम्मेदवार प्रकाश गौतमले ४ गुण बढी मतान्तरले अग्रता कायम गरेका छन्।

उनले कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिना भन्दा ४ गुण बढी मत पाएका हुन् । 

हालसम्म ९ हजार ११५ मत गणना गर्दा रास्वपाका गौतमले ५ हजार ४१८ मत पाएका छन् भने कांग्रेसकी डिनाले १ हजार २०४ मत पाएकी छिन् । 

एमाले उम्मेदवार रामेश्वर रानाले ८१८ मत पाएका छन् भने नेकपाका उम्मेदवार विजय गौतमले ३१८ मत पाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप