बागलुङका दुवै क्षेत्रमा रास्वपाको अग्रता
बागलुङ । बागलुङका दुई वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायम गरेको छन् । क्षेत्र नम्बर १ मा सुशील खड्का र २ मा सोम शर्माले अग्रता कायम गरेका हुन् ।
शुक्रबार दिउसोदेखि सुरु भएको क्षेत्र नम्बर भएको मत गणनामा खड्काले दुई हजार ३३८, नेपाली कांग्रेसका भीम श्रीसले एक हजार ८७, नेकपा एमालेका हिराबहादुर केसीले एक हजार ९९ र नेकपा–राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार कृष्ण प्रसाद शर्मा अधिकारीले ११८ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा कुल ९७ हजार ५० मततादा रहेकोमा ४९ हजार २ सय ४२ मत खसेको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिइन् ।
बागलुङ क्षेत्र नम्बर २ मा रास्वपाका शर्माले चार हजार ९०९३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका टेकराज पौडेलले चार हजार ४४३, नेकपाका ज्ञामनाथ गैरेले चार हजार १३८ र नेकपा एमालेकी मञ्जु शर्मा चालिसेले दुई हजार २७९ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा कुल ९५ हजार ३५३ मतदाता रहेको यस क्षेत्रमा ४७ हजार ५४७ मत खसेकोसहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण