जेनजी आन्दोलनको क्रममा गौर कारागारबाट फरार कैदी पक्राउ
शुक्रबार, २२ फागुन २०८२, २० : २८
सारांश
- रौतहटमा सशस्त्र प्रहरीले गौर कारागारबाट फरार अभियुक्त रामनरेश साहलाई पक्राउ गरेको छ।
- लागूऔषध मुद्दामा जेल परेका साह भदौ २४ गते कारागार तोडेर भागेका थिए।
- सशस्त्र प्रहरीले उनलाई विशेष सूचनाको आधारमा गौर नगरपालिकाबाट पक्राउ गरेको हो।
रौतहट । रौतहटमा सशस्त्र प्रहरीले गौर कारागारबाट फरार भएका एक अभियुक्तलाई पुनः पक्राउ गर्न सफल भएको छ। जेनजी आन्दोलनको क्रममा कारागार तोडेर भागेका यमुनामाई गाउँपालिका–४ सरुअठा निवासी ४० वर्षीय रामनरेश साहलाई बिहीबार साँझ सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।
लागुऔषध मुद्दामा जेल जीवन बिताइरहेका साह गत भदौ २४ गते कारागारबाट फरार भएका थिए। लामो समयदेखि खोजीको सूचीमा रहेका उनलाई विशेष सूचनाका आधारमा गौर नगरपालिका–९ सिर्सिया गाउँबाट अपरान्ह पौने ६ बजे पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ।
सशस्त्र प्रहरी ११ नम्बर गणका प्रमुख एसपी रामहरि अधिकारीका अनुसार पक्राउ परेका साहलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण