अभिनेत्री प्रियंका कार्कीको रोजाइमा रास्वपा : भोट हालेपछि खोलिन् गोप्य कुरा
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री प्रियंका कार्कीले यसपटकको निर्वाचनमा आफ्नो मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दिएको खुलासा गरेकी छन्। मतदान प्रक्रिया सकिएर मतगणना जारी रहेका बेला उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले परिवर्तनको पक्षमा उभिएर रास्वपालाई समर्थन गरेको सार्वजनिक गरेकी हुन् ।
धेरै प्रशंसक र शुभेच्छुकले कुन दललाई भोट दियो भनी सोधेको जिज्ञासा मेट्दै उनले आफ्नो निर्णय कुनै आवेगमा नभई सोचविचार गरेरै लिएको स्पष्ट पारेकी छन्। प्रियंकाले उम्मेदवारहरूको योग्यता, क्षमता र उनीहरूले आफ्नो क्षेत्रमा पुर्याएको योगदानलाई नजिकबाट नियालेर मात्रै मतदानको निर्णय गरेको बताएकी छन्।
उनले उम्मेदवारहरूलाई ध्यानपूर्वक हेरेको, सुनेको र तुलना गरेको उल्लेख गर्दै शिक्षित र सक्षम नेतृत्वको खोजीमा आफू रहेको उल्लेख गरेकी छन्। वर्षौँदेखि चल्दै आएका लामो भाषण, मीठा वाचा र चुनावपछि हराउने प्रतिबद्धता सुन्दा–सुन्दा वाक्क भएको भन्दै उनले यसपटक नारा मात्र नभई डेटा, योजना र जवाफदेहिताको भाषा बोल्ने नेतृत्वलाई साथ दिएको बताएकी छन्।
नेपालले अहिले क्षमता, इमान्दारी र काम गर्ने इच्छाशक्ति भएको राजनीति खोजिरहेको प्रियंकाको बुझाइ छ। उनले देश अझ राम्रो बन्न सक्ने र राजनीति परिपक्व हुने विश्वास व्यक्त गर्दै आफ्नो मत परिवर्तनको सम्भावनाका लागि भएको दाबी गरेकी छन्। उनले आफ्नो पोस्टको अन्त्यमा ‘अब की बार, बालेन सरकार’ भन्दै समर्थन जनाएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
-
आइएमईको साङ्गीतिक दूतमा गायक सपुत नियुक्त
-
विप्लव नेतृत्वको पार्टीका १२ जना केन्द्रीय नेताहरूद्वारा सामूहिक राजीनामा
-
अमेरिका–इरान वार्ता आइतबार नै हुनसक्ने
-
दास व्यापारको क्षतिपूर्ति र माफी माग गर्दै अफ्रिकी तथा क्यारिबियन देश
-
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण