सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

बारा– ४ मा १४ हजार मतले रास्वपा अगाडि

शुक्रबार, २२ फागुन २०८२, २२ : ४०
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • बारा निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका उम्मेदवारले अग्रता कायम राखेका छन्।
  • रास्वपाका उम्मेदवार रहबर अन्सारीले १८,८०४ मत प्राप्त गरेका छन् भने एमालेका किसान श्रेष्ठले ४,८३५ मत ल्याएका छन्।
  • कांग्रेस र जसपाका उम्मेदवारले क्रमशः ३,३०३ र २,९१६ मत प्राप्त गरेका छन्, हालसम्म १५ वटा वडाको मतगणना सम्पन्न भएको छ।

बारा । बारा निर्वाचन क्षेत्र नं ४ मा करिब ३४ हजार मतगणना हुँदा रास्वपाले फराकिलो अग्रता कायमै राखेको छ ।   

रास्वपाका उम्मेदवार रहबर अन्सारीले १८,८०४ मत प्राप्त गरी फराकिलो अग्रता लिइरहेका छन् भने एमालेका उम्मेदवार किसान श्रेष्ठले ४,८३५ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

त्यस्तै कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ताले ३,३०३ मत ल्याएका छन् भने जसपाका उम्मेदवार सञ्जु साहले २,९१६ मत ल्याएका छन् ।

बारा क्षेत्र नं ४ मा हालसम्म १५ वटा वडाको मत गणना भइसकेको छ ।  यो निर्वाचन क्षेत्रमा ३८ वटा वडाहरू रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप