बारा– ४ मा १४ हजार मतले रास्वपा अगाडि
शुक्रबार, २२ फागुन २०८२, २२ : ४०
सारांश
- बारा निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका उम्मेदवारले अग्रता कायम राखेका छन्।
- रास्वपाका उम्मेदवार रहबर अन्सारीले १८,८०४ मत प्राप्त गरेका छन् भने एमालेका किसान श्रेष्ठले ४,८३५ मत ल्याएका छन्।
- कांग्रेस र जसपाका उम्मेदवारले क्रमशः ३,३०३ र २,९१६ मत प्राप्त गरेका छन्, हालसम्म १५ वटा वडाको मतगणना सम्पन्न भएको छ।
बारा । बारा निर्वाचन क्षेत्र नं ४ मा करिब ३४ हजार मतगणना हुँदा रास्वपाले फराकिलो अग्रता कायमै राखेको छ ।
रास्वपाका उम्मेदवार रहबर अन्सारीले १८,८०४ मत प्राप्त गरी फराकिलो अग्रता लिइरहेका छन् भने एमालेका उम्मेदवार किसान श्रेष्ठले ४,८३५ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।
त्यस्तै कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ताले ३,३०३ मत ल्याएका छन् भने जसपाका उम्मेदवार सञ्जु साहले २,९१६ मत ल्याएका छन् ।
बारा क्षेत्र नं ४ मा हालसम्म १५ वटा वडाको मत गणना भइसकेको छ । यो निर्वाचन क्षेत्रमा ३८ वटा वडाहरू रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण