पौने २ लाख समानुपातिक मत गन्दा ६ दल थ्रेसहोल्डभन्दा माथि
सारांश
- प्रतिनिधिसभा निर्वाचनमा हालसम्म १ लाख ७२ हजार ६४६ समानुपातिक मत गणना भएको छ।
- निर्वाचन आयोगका अनुसार, रास्वपाले ९४ हजार ९८ मत ल्याएर अग्रता कायम गरेको छ।
- कांग्रेस, एमाले, राप्रपा, नेकपा र श्रम संस्कृति पार्टीले थ्रेसहोल्ड कटाएका छन्।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अहिलेसम्म १ लाख ७२ हजार ६४६ समानुपातिक मत गणना भएको छ । निर्वाचन आयोगमा अनुसार शनिबार दिउँसो १ बजेसम्म सो बराबरको मत गणना भएको हो ।
यसमध्ये राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) ले ९४ हजार ९८ मत ल्याएको छ । त्यस्तै, नेपाली कांग्रेसले २८ हजार ३२३, नेकपा एमालेले १९ हजार ९०५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ८ हजार ८८०, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को ६ हजार ६४७ तथा श्रम संस्कृति पार्टीको ५ हजार ५६० मत आएको छ । भने बाँकी अन्य दलको मत आएको देखिन्छ ।
अहिलेसम्म यी सबै दलले ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् भने बाँकीले थ्रेसहोल्ड कटाउन सकेका छैनन् । यसमध्ये रास्वपाले ल्याएको मत कुल मतको ५४.५० प्रतिशत, नेपाली कांग्रेसले १६.४० प्रतिशत, नेकपा एमालेले ११.५३ प्रतिशत, ३.८५ प्रतिशत र श्रम संस्कृति पार्टीले ३.२२ प्रतिशत मत प्राप्त भएको छ ।
उज्यालो नेपाल पार्टीसँग एकात गरेको राष्ट्रिय परिवर्तन पार्टी (बाँसुरी चुनाव चिन्ह) को ३ हजार ४६१ मत आए पनि यो थ्रेसहोल्डका लागि पर्याप्त देखिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण