भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको क्लिन स्वीप
शनिबार, २३ फागुन २०८२, १३ : २९
१
सारांश
- भक्तपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुवै निर्वाचन क्षेत्रमा जित हासिल गर्यो।
- भक्तपुर-१ मा रास्वपाका रुकेश रन्जित निर्वाचित भए, उनले ३३,४३६ मत प्राप्त गरे।
- भक्तपुर-२ मा रास्वपाका राजीव खत्री विजयी भए, उनले ४२,३३३ मत ल्याए।
भक्तपुर । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्।
भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित ३३ हजार ४३६ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी प्रेम सुवाल (नेपाल मजदुर किसान पार्टी) ले २८ हजार १४७ मत प्राप्त गरे। त्यस्तै किरण न्यौपाने (नेपाली कांग्रेस) ले ४ हजार २८२ मत र सोम प्रसाद मिश्र (नेकपा एमाले) ले ३ हजार ७२१ मत प्राप्त गरे।
यसैगरी भक्तपुर–२ मा रास्वपाका राजीव खत्री ४२ हजार ३३३ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश बस्नेत ले १० हजार ७१७ मत प्राप्त गरे भने कांग्रेसका कबिर राना ले ८ हजार ३०५ मत पाए।
यससँगै भक्तपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रास्वपाले विजय हासिल गर्दै क्लिन स्वीप गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण