निर्वाचनमा मतदाताले व्यक्त गरेको अभिमतलाई कांग्रेसले सम्मान गर्छ : महामन्त्री घिमिरे
सारांश
- नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले निर्वाचनमा मतदाताको अभिमतलाई सम्मान गर्ने बताए।
- मोरङ-४ बाट पराजित घिमिरेले निर्वाचन प्रक्रिया लोकतन्त्रको सुन्दर पक्ष भएको बताए।
- घिमिरेले पार्टीभित्र समन्वय र सहमति कायम गर्दै अघि बढ्न आग्रह गरे।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले निर्वाचनमा मतदाताले व्यक्त गरेको अभिमतलाई नेपाली कांग्रेसले सम्मान गर्ने बताएका छन् । मोरङ–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेको घिमिरेले आफूले पराजय व्यहोरेपछि निर्वाचन प्रक्रिया सम्पन्न हुनु र नतिजा आउनु लोकतन्त्रको सुन्दर पक्ष रहेको बताए ।
‘लोकतान्त्रिक शासन प्रणालीमा निर्वाचित परिणामलाई सहज रूपमा स्वीकार्नुपर्छ। लोकतन्त्रवादीहरूले आफ्नो व्यवहारले आफू लोकतान्त्रिक र प्रजातान्त्रिक भएको कुरालाई सिद्ध गर्नुपर्छ,’ घिमिरेले सामाजिक सञ्जालमा भिडियो सन्देश राख्दै भनेका छन् ।
घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशीसँग पराजित भएका थिए । उनले निर्वाचनमा मतदाताले व्यक्त गरेको अभिमतलाई कांग्रेसले सधैँ सम्मान गरेको पनि बताए ।
‘हाम्रो निर्वाचन क्षेत्रमा मतदाताहरूले व्यक्त गरेको अभिमतलाई हामी स्वीकार्छौं। र सन्तयकज जीलाई प्रतिनिधि सभा सदस्यको रूपमा कानुन निर्माण गर्ने र नीति निर्माणका सन्दर्भमा उहाँको भूमिका प्रभावकारी होस् भन्ने कामना गर्दछु,’ घिमिरेले भनेका छन् ।
घिमिरेले आफूले यो क्षेत्रबाट गर्ने सहयोग निरन्तर जारी रहने बताए । घिमिरेले पार्टीभित्र आपसी समन्वय र सहमति कायम गरी अगाडि बढ्न पनि आग्रह सबैमा आग्रह गरे ।
उनले समान व्यवहार र योग्यतालाई उच्च मूल्याङ्कन गरिने प्रतिबद्धता व्यक्त पनि व्यक्त गरेका छन् । ‘हामी परम्परागत गुटबन्दीबाट माथि उठ्नुपर्छ। प्रतिस्पर्धालाई हामीले महत्त्व दिनुपर्छ,’ घिमिरेले भिडियो सन्देशमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण