गण्डकीका ११ सिटको छिनोफानो : रास्वपा ८, कांग्रेस २ सिटमा विजयी
सारांश
- गण्डकी प्रदेशका ११ सिटको नतिजा सार्वजनिक भयो, जसमा रास्वपाले बहुमत जित्यो।
- रास्वपाले ८ सिट, कांग्रेसले २ र एक स्वतन्त्र उम्मेदवारले जिते।
- मनाङ र मुस्ताङमा कांग्रेस, म्याग्दीमा स्वतन्त्र उम्मेदवार विजयी भए।
पोखरा । गण्डकी प्रदेशका ११ सिटको अन्तिम परिणाम घोषणा भएको छ । १८ मध्ये बाँकी ७ सिटमा गणना चलिरहेको छ । परिणाम घोषणा भएकामध्ये अधिकांश सिटमा रास्वपा विजयी भएको छ ।
रास्वपाले ८ सिट जित्दा कांग्रेसले २ र स्वतन्त्र उम्मेदवार एक जना विजयी भएका छन् । मनाङ र मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मनाङमा टेकबहादुर गुरुङ र मुस्ताङमा योगेश गौचन थकाली विजयी भएका हुन् । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा जित निकालेका हुन् ।
रास्वपाबाट बागलुङ–१ मा सुशील खड्का, २ मा सोम शर्मा, पर्वतमा सागर भुसाल, स्याङ्जा–१ मा डा.धनञ्जय रेग्मी, कास्की–१ मा खडकराज पौडेल (गणेश), २ मा उत्तमप्रसाद पौडेल, ३ मा विना गुरुङ विजयी भइन् । तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । गणना भएका ७ सिटमा सबैतिर रास्वपा अगाडि छ भने स्याङ्जा २ मा एमालेका खिमबहादुर थापाले अग्रता कायम राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण