कैलाली–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका जोशी फराकिलो मतान्तरसहित निर्वाचित
सारांश
- कैलाली-३ मा रास्वपाका उम्मेदवार जगतप्रसाद जोशी भारी मतले विजयी भए।
- जोशीले ८ हजार ३ सय ७६ मतको फराकिलो अन्तरले जित हासिल गरे।
- निर्वाचनमा जोशीले २० हजार ३ सय ५९ मत प्राप्त गरे।
धनगढी । कैलाली– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी भारी मतान्तरसहित विजयी भएका छन् ।
जोशीले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ८ हजार ३ सय ७६ मतको फराकिलो अन्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।
निर्वाचित जोशीले २० हजार ३ सय ५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चुनाव चिह्नका वीरमान चौधरीले ११ हजार ९ सय ८३ मत प्राप्त गरे।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भीम बडुवाल ९ हजार ७ सय ६ मतसहित तेस्रो स्थानमा रहे भने चुनाव चिह्नका विक्रम चौधरीले ६ हजार ७ सय ४७ मत प्राप्त गरे।
नेकपा एमालेका उम्मेदवार गौरीशङ्कर चौधरी ४ हजार ७ सय ५२ मतमा सीमित भए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्र बमले २ हजार ३ सय ४७ मत प्राप्त गरे।
यस निर्वाचन क्षेत्रमा जम्मा ५९ हजार ७ सय ५९ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण