मकवानपुर–२ : एमालेको लाल किल्लामा २५ वर्षका उप्रेतीको दबदबा
सारांश
- मकवानपुर-२ मा एमालेको पकड कमजोर बन्दै गएको छ, जहाँ रास्वपाका उम्मेदवारले अग्रता लिएका छन्।
- निर्वाचनमा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेतीले एमालेका महेश बर्तौलासँग ५ हजारभन्दा बढीको अग्रता बनाएका छन्।
- मनहरी, राक्सिराङ्ग, कैलाश लगायतका क्षेत्रमा मतगणना हुँदा उप्रेतीले १९ हजार ६९२ मत प्राप्त गरेका छन्।
हेटौँडा । मकवानपुर –२ लाई एमालेले आफ्नो लाल किल्लाको रूपमा परिभाषित गर्दछ । २०४८ देखि हालसम्म निरन्तर सो क्षेत्रमा जित्दै आएको एमालेको जग यसपटक भने धर्मराएको छ ।
२०४८, २०५१ मा एमालेका विरोध खतिवडा, २०६४ मा माओवादी, २०७० मा एमालेका सुवासचन्द्र ठकुरीले सो क्षेत्रबाट चुनाव जितेका थिए । २०७४ मा एमालेबाट विरोध खतिवडा र २०७९ मा एमालेका महेश बर्तौलाले चुनाव जितेको क्षेत्र हो मकवानपुर–२ ।
हेटौँडा उपमहानगरपलिकाका १, ३, ११ र १९ सहित मनहरी, राक्सिराङ, कैलाश, इन्द्र सरोबर, भिमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिकाका ४ वटा वडा र थाहा नगरपालिका समेटिएको सो क्षेत्रमा एमालेको उपस्थिति राम्रो मानिन्छ । थाहा नगरपालिकामा माओवादी (हाल नेकपा) को जनमत राम्रो रहेको व्याख्या छ भने अन्य सबैमा एमाले बलियो शक्ति हो ।
हालै सम्पन्न निर्वाचनमा एमालेको लाल किल्ला मनिने सो क्षेत्रमा रास्वपाका २५ वर्षका उम्मेदवारको दबदबा देखिएको छ । बिहीबार भएको मतदानको मतगणनाको सुरुवात देखि नै सबै दलका उम्मेदवारसँग दोब्बर अङ्कको अग्रता बनाएको रास्वपाका जेन्जी उम्मेदवार प्रशान्त उप्रेतीले एमाले उम्मेदवारसँग ५ हजार बढीको अग्रता कायम गरेका छन् ।
हालसम्म मनहरी, राक्सिराङ्ग, कैलाश, भीमफेदी,गढी गाउँपालिका र थाहा नगरपालिकाको ६६ हजार बढी मत गणना हुँदा उप्रेतीले १९ हजार ६९२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश कुमार वर्तौलाले १४ हजार ६९० मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका बुद्ध लामाले १२ हजार ८१२ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लवशेर विष्टले १० हजार २६० मत पाएका छन् । हाल सम्मको मत गणनाअनुसार सो क्षेत्रमा ४ हजार २१२ मत बदर भएको छ । कुल ९१ हजार २४१ मत खसेको थियो भने करिब २५ हजार मत गणना बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
-
सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पत्ति जोखिममा पर्यो : सिभिल सहकारी पीडित
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण