यी हुन् एमालेबाट हालसम्म निर्वाचित हुने ५ उम्मेदवार
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा नेकपा (एमाले) ले अहिलेसम्म देशका विभिन्न ५ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छन् । एमालेले मधेस, सुदूरपश्चिम र पहाडी जिल्लाहरूमा महत्त्वपूर्ण जित दर्ता गरेको हो । एमालेबाट हालसम्म निर्वाचित हुने ५ उम्मेदवार मोहम्मद इश्तियाक राई, ऐनबहादुर महर, क्षितिज थेवे, राजेन्द्रकुमार राई र लक्ष्मीप्रसाद पोखरेल रहेका छन् ।
मोहम्मद इश्तियाक राई बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन् । उनले २४ हजार ६२८ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ५८१ र नेपाली कांग्रेसका सुधान्स कोइरालाले १७ हजार ५९० मत प्राप्त गरेका छन् ।
त्यस्तै ऐनबहादुर महर सुदूरपश्चिमको बझाङबाट निर्वाचित भएका छन् । महर १८ हजार ५४३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३०४ मतमा प्राप्त गरेका छन् ।
एमालेबाट निर्वाचित हुने तेस्रो उम्मेदवार क्षितिज थेवे हुन् । ताप्लेजुङबाट उम्मेदवार बनेका थेवे १३ हजार ९६२ मतका साथ विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङलाई २ हजार २५१ मतान्तरले पराजित गरेका छन् ।
त्यस्तै, राजेन्द्रकुमार राई धनकुटा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् । राईले ३० हजार १०१ मत प्राप्त गर्दा उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिलबहादुर थापाले २८ हजार ७०४ मत ल्याएका छन् ।
लक्ष्मीप्रसाद पोखरेल एमालेबाट विजयी हुने ५ उम्मेदवार हुन् । दैलेख निर्वाचन क्षेत्र नम्बर २ बाट पोखरेल १३ हजार ८८९ मतसहित निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ६ हजार ७९७ मत मात्र प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण