कांग्रेसका लुइँटेललाई पछि पार्दै रास्वपाका पोखरेलको अग्रता
आइतबार, २४ फागुन २०८२, ०२ : ३९
काठमाडौँ । ओखलढुंगामा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल पछिल्लो मतगणनाअनुसार पहिलोपटक अगाडि आएका छन् ।
उनले ११ हजार ४०० मत ल्याएर अग्रता कायम गर्दा नेपाली कांग्रेसका कुमार लुइँटेलले ११ हजार १७९ मत ल्याएका छन् । एमालेकी अस्मिता थापाले ८ हजार ९६९ मत ल्याएकी छन् । नेकपाका अम्बिरबाबु गुरुङले ८ हजार ७२४ मत ल्याएका छन् ।
त्यस्तै श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले १३५३ मत ल्याउँदा मंगोल नेशनल अर्गनाइजेसनका बजेन्द्र राईले १६३ मत ल्याएका छन् । ओखलढुंगामा एक मात्र निर्वाचन क्षेत्र छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण