सर्लाहीमा देखेका समस्याहरूको सम्बोधन गर्न निरन्तर पहल गर्छु : गगन थापा
आइतबार, २४ फागुन २०८२, १० : २०
सारांश
- गगन थापाले सर्लाहीमा निर्वाचनमा देखिएका समस्या समाधान गर्न पहल गर्ने बताए।
- सर्लाही-४ मा पराजित भएपछि थापाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
- उनले निर्वाचित सांसद डा. अमरेश सिंहलाई बधाई दिँदै मतदाताप्रति आभार व्यक्त गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीमा प्रतिनिधिसभा निर्वाचनको क्रममा आफूले देखेका समस्या समाधान गर्न निरन्तर पहल गरिरहने बताएका छन् ।
सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि सामाजिक सञ्जाल फेसबुकमा सभापति थापाले आफ्नो क्षमताले भ्याएसम्म समस्याको सम्बोधन गर्न पहल गरिरहने बताएका हुन् । ‘यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु,’ थापाले फेसबुकमा लेखेका छन् ।
थापाले आफूलाई पराजित गर्दै सर्लाही–४ बाट निर्वाचित भएका डा। अमरेश सिंहलाई बधाई तथा शुभकामना दिएका थिए । उनले आफूलाई मत दिने मतदाताप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण