गोरखा–१ मा रास्वपाका सुधन गुरुङको अग्रता, पछि परे प्रेमकुमार खत्री
गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङले अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणामअनुसार गुरुङले ४ हजार ६ सय ५४ मत प्राप्त गरेका छन्।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले ४ हजार ५ सय ७६ मत पाएका छन्। गुरुङ खत्रीभन्दा ७८ मतले अगाडि छन्।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हरिराज अधिकारीले २ हजार ३ सय ७५ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रामचन्द्र लामिछानेले ८ सय १३ मत पाएका छन्।
अन्य उम्मेदवारमध्ये संयुक्त नागरिक पार्टीका जितबहादुर घलेले ९९, उज्यालो नेपाल पार्टीका रामकाजी राना मगरले ६५, मंगोल नेशनल अर्गनाइजेसनका देवबहादुर थापाले ४३ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का विष्णु प्रसाद रिजालले २२ मत प्राप्त गरेका छन्।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारमणि खनालले १९, नेपाल मजदुर किसान पार्टीकी मनु कुमारी श्रेष्ठले ६ र स्वतन्त्र उम्मेदवार कविता भट्टराईले ३ मत प्राप्त गरेका छन्। नेशनल रिपब्लिक नेपालका आकाश राना मगरले हालसम्म मत प्राप्त गरेका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण