प्रत्यक्षतर्फ १६५ सिटमध्ये ३ प्रदेशमा एमालेको प्रतिनिधित्व शून्य
सारांश
- प्रतिनिधि सभा निर्वाचनको नतिजा आउने क्रममा एमालेको तीन प्रदेशबाट प्रतिनिधित्व शून्य देखिएको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी सिट जित्दै अग्रता कायम गरेको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ।
- नेकपा एमालेले प्रत्यक्षतर्फ सात सिट जितेको छ भने अन्य दलहरूको अवस्था पनि निर्वाचनमा खुम्चिएको छ।
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । नतिजा अन्तिम चरणमा पुग्दै गर्दा एमालेको तीन प्रदेशबाट प्रतिनिधि सभा सदस्यको प्रतिनिधित्व शून्य हुने देखिएको छ ।
फागुन २१ गते भएको मतदानको सार्वजनिक नतिजा अनुसार सबैभन्दा बढी जित निकाल्नेमा सबै प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रहेको छ । उसले यो समाचार तयार पार्दासम्म ११२ भन्दा बढी सिटमा जित निकालेको छ । रास्वपाको अझै १४ सिटमा अग्रता छ । त्यसैगरी दोस्रोमा नेपाली कांग्रेसले १५ सिट जित्दा २ क्षेत्रमा अग्रता छ । कांग्रेसले पनि सबै प्रदेशको प्रतिनिधित्व गरेको छ ।
तेस्रो दलमा खुम्चिएको नेकपा एमालेले प्रत्यक्षतर्फ सात सिट जितेको छ । जारी मतगणनामा एमालेले ३ सिटमा अग्रता बनाएको छ । अर्को कम्युनिस्ट पार्टी नेकपाले ६ सिटमा जित हासिल गर्दा बाँकी १ सिटमा अग्रता बनाएको छ । श्रम संस्कृति र राप्रपाले १÷१ सिट जित्दा स्वतन्त्रले १ सिट जितेको छ ।
जेनजी आन्दोलनपछि विशेष परिस्थितिमा भएको यो निर्वाचनमा विगतमा ठुला भनिएका दल नेपाली कांग्रेस, नेकपा एमाले, मधेसवादी दलमात्र नभएर राप्रपालगायतका दलहरू पनि आश्चर्यजनक ढङ्गले खुम्चिन पुगेका छन् ।
२०७९ सालको संसदीय निर्वाचनमा ७८ सिट जितेको नेकपा एमाले यो पटक प्रत्यक्षतर्फको निर्वाचनमा चार वटा प्रदेशबाट मात्र संघीय संसदमा प्रतिनिधित्व गर्ने अवस्थामा पुगेको छ । अहिलेसम्म कोशी प्रदेशमा ३, सुदूरमा २, कर्णालीमा १ र लुम्बिनीमा १ सिटमात्र जितेर प्रतिनिधित्व गरेको छ । चार प्रदेशको प्रतिनिधित्व सुनिश्चित गर्दा बागमती, गण्डकी र मधेसमा एमालेको शून्य अवस्थामा छ ।
एमालेका तर्फबाट कोशीमा इलाम–२ मा सुहाङ नेम्वाङ र ताप्लेजुङमा क्षितिज थेवे निर्वाचित भएर प्रतिनिधित्व गरिसकेका छन् भने इलाम–१ को अन्तिम नतिजा आइसकेको छैन । त्यस क्षेत्रमा भइरहेको मतगणनामा एमालेका काजीमान कागतेले अग्रता बनाएका छन् ।
प्रत्यक्षतर्फ एमालेबाट निर्वाचित सांसदहरू-
१. मोहम्मद इश्तियाक राई, बाँके–२
२.सुहाङ नेम्वाङ, इलाम–२
३.गणेश सिंह ठगुन्ना, दार्चुला–१
४.ऐनबहादुर महर, बझाङ–१
५.राजेन्द्रकुमार राई, धनकुटा–१
६.क्षितिज थेबे, ताप्लेजुङ–१
७. लक्ष्मीप्रसाद पोखरेल, दैलेख–२
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण