राजदूत भण्डारी र बङ्गलादेशका विदेश राज्यमन्त्रीबिच भेटवार्ता
काठमाडौँ । बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बङ्गलादेशकी नवनियुक्त विदेश राज्यमन्त्री शमा ओबेद इस्लामसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार बिहान भएको भेटमा राजदूत भण्डारीले राज्यमन्त्री इस्लामलाई उनको नयाँ नियुक्तिप्रति बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको बङ्गलादेशको नेपाली दूतावासले जनाएको छ ।
भेटका अवसरमा नेपाल र बङ्गलादेश बिचको द्विपक्षीय सम्बन्धका विविध आयामका बारेमा विस्तृत छलफल भएको थियो । विशेषगरी व्यापार, कनेक्टिभिटी (सञ्जाल विस्तार), ऊर्जा, शिक्षा र पर्यटनका क्षेत्रमा आपसी सहयोग र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा दुवै पक्षबिच कुराकानी भएको बताइएको छ ।
पछिल्लो समय नेपाल र बङ्गलादेशबिच ऊर्जा व्यापार र यातायात सञ्जालमा बढ्दो चासोका बिच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भेटका क्रममा उनीहरूले क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा पनि दुई देशबिचको सहकार्यलाई अझ मजबुत बनाउने विषयमा विचार आदान प्रदान गरेका थिए ।
भेटमा नेपाल र बङ्गलादेश बिचको घनिष्ठ सम्बन्धलाई थप उचाइमा पुर्याउन आगामी दिनमा उच्चस्तरीय भ्रमण र आर्थिक साझेदारीलाई प्राथमिकता दिने प्रतिबद्धता समेत जनाएको नेपाली दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण