प्रतिनिधिसभा निर्वाचन-२०८२
हालसम्म ६६ लाख ६३ हजार समानुपातिक मत गणना
सोमबार, २५ फागुन २०८२, ०१ : १३
१
सारांश
- समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म ६७ लाखभन्दा बढी मत गणना भएको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत ल्याएको छ, जसमा ३२ लाखभन्दा बढी मत रहेको छ।
- नेपाली कांग्रेस, एमाले, र अन्य दलहरूले पनि उल्लेख्य मत प्राप्त गरेका छन्, मतगणना जारी छ।
काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ६७ लाख ६३ हजार ९ सय ५४ मत गणना भएको छ ।
निर्वाचन आयोगले उपलब्ध गराएको मध्यरातसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३२ लाख ९८ हजार ९६२ मत प्राप्त गरेको छ ।
त्यसैगरी नेपाली कांग्रेसले ११ लाख ११ हजार ८ सय ७१ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले नौ लाख ४७ हजार १३६, नेपाली कम्युनिस्ट पार्टीले चार लाख ७२ हजार ४०१, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ३२ हजार ९ सय ८७ मत प्राप्त गरेको छ ।
श्रम संस्कृति पार्टीले एक लाख ९७ हजार १०९, जनता सामाजवादी पार्टी नेपालले ९५ हजार ८ सय ८१ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
४८ करोडको नाङ्गेडाडा बृहत पम्पिङ खानेपानी आयोजना उद्घाटनमै सीमित
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण