अपडेट
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
सोमबार, २५ फागुन २०८२, १३ : ३२
सारांश
- वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाए।
- निर्वाचनमा शाह झापा-५ बाट अत्यधिक मतले विजयी भएका थिए।
- उनले विभिन्न शीर्षकमा जम्मा १४ लाख १७ हजार २८९ खर्च भएको विवरण पेश गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनमा भएको खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
फागुन २१ गते भएको निर्वाचनमा शाह झापा–५ बाट अत्यधिक मतले विजयी भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उनले निर्वाचन कार्यालय झापामा सोमबार खर्च विवरण बुझाएका हुन् ।
विभिन्न शीर्षकमा जम्मा १४ लाख १७ हजार २८९ खर्च भएको उनले बुझाएको विवरणमा उल्लेख छ । सबैभन्दा बढी वडास्तरीय प्रचार कार्यक्रममा पाँच लाख ८० हजार खर्च भएको छ । दुईवटा सवारी साधनमा प्रयोग बापत दुई लाख ९३ हजार ८०० खर्च भएको विवरणमा उल्लेख छ ।
कुन शीर्षकमा कति भएको छ खर्च ?


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण