आम जनता पार्टीसँग कुनै सम्बन्ध छैन : ऋषि धमला
सारांश
- ऋषि धमलाले रौतहट-४ को निर्वाचनमा पराजित भएपछि आम जनता पार्टीसँग कुनै सम्बन्ध नरहेको बताए।
- उनले निर्वाचनका लागि मात्रै पार्टीको चुनाव चिन्ह प्रयोग गरेको र अब कुनै सम्बन्ध नभएको प्रस्ट पारे।
- धमलाले आफू रौतहटवासीको सुखदुःखमा साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा रौतहट–४ बाट पराजित भएका ऋषि धमलाले आम जनता पार्टीसंग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा धमलाले निर्वाचनका लागि मात्रै आफुले आम जनता पार्टीको चूनाव चिन्ह प्रयोग गरेको भन्दै निर्वाचन सकिएकाले अव सो पार्टीसंग कुनै सम्बन्ध नरहेको बताएका हुन् । आफूले अहिलेसम्म कुनै पनि दलको सदस्यता नलिएको र निर्वाचनमा प्रयोग गरेको मोवाईल चिन्ह र उक्त दलसँग कुनै सम्बन्ध नरहेको उनको भनाइ छ ।
धमलाले आफूले लिएको चुनाव चिन्ह ‘मोबाइल’ आम जनता पार्टी र जनादेश पार्टीबीचको एकल चुनाव चिह्न लिने सहमतिबमोजिम आफुले प्रयोग गरेको बताए । आफू चुनावमा जानुअघि नै बालेन शाहले बोलाएर चुनावमा उठ्न आग्रह गरेको समेत उनले बताए ।
उनले आफूले ६ महिनाअघि नै मधेसमा जन्मिएको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ भनेर बोलेको भन्दै अहिले त्यो दिन नजिक आएको उल्लेख गरे ।
धमलाले आफू आगामी दिन पनि निरन्तर रौतहटवासीकोे सुख–दुःखमा साथमा रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण