बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ला लिगाः एस्पान्योल र रियल ओभिएडोबीचको खेल बराबरीमा सकियो

मङ्गलबार, २६ फागुन २०८२, ०३ : ५८
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • एस्पान्योल र रियल ओभिएडोबीचको खेल १-१ गोलको बराबरीमा सकियो।
  • रियल ओभिएडोका अल्बर्टो रेनाले सुरुवाती गोल गरेर अग्रता दिलाए।
  • एस्पान्योलका किके गार्सियाले गोल फर्काएर खेललाई बराबरीमा ल्याए।

काठमाडौँ। स्पेनिस ला लिगाअन्तर्गत मंगलबार भएको खेलमा एस्पान्योल र रियल ओभिएडोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलको सुरुवातमै आक्रामक देखिएको रियल ओभिएडोले आठौँ मिनेटमा अग्रता लिएको थियो । ओभिएडोका लागि अल्बर्टो रेनाले गोल गर्दै टोलीलाई १–० को स्थितिमा पुर्‍याएका थिए । सुरुवाती गोलले दबाबमा परेको एस्पान्योलले खेलको ३६औँ मिनेटमा पुनरागमन गर्‍यो ।

एस्पान्योलका तर्फबाट किके गार्सियाले ३६औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । पहिलो हाफमै दुवै टोलीले १–१ गोल गरे पनि त्यसपछिको बाँकी समयमा दुवै तर्फबाट थप गोल हुन सकेन ।

निर्धारित समयसम्म थप गोल हुन नसकेपछि दुवै टोलीले १–१ अंक बाँड्दै चित्त बुझाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप