च्याम्पियन्स लिग
यामालको इन्जुरी समयको गोलले न्युकासलसँग हारबाट जोगियो बार्सिलोना
बुधबार, २७ फागुन २०८२, ०३ : ५९
सारांश
- च्याम्पियन्स लिगको पहिलो लेगमा न्युकासल र बार्सिलोना १-१ गोलको बराबरीमा रोकिए।
- खेलको ८६ औं मिनेटमा हार्भी बार्न्सले गोल गर्दै न्युकासललाई अग्रता दिलाए।
- अतिरिक्त समयमा लामिन यमलले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए।
काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इङ्ग्लिस क्लब न्युकासल र स्पेनिस क्लब बार्सिलोनाले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका छन् ।
नेपाली समय अनुसार बुधबार बिहान भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सकिन केही मिनेट मात्र बाँकी रहँदा दुवै तर्फबाट गोल भएका थिए । खेलको ८६ औँ मिनेटमा हार्भी बार्न्सले गोल गर्दै न्युकासललाई सुरुवाती अग्रता दिलाएका थिए । न्युकासल जिततर्फ उन्मुख देखिए पनि खेलको अतिरिक्त समयमा बार्सिलोनाले पेनाल्टी प्राप्त गर्यो ।
अतिरिक्त समयमा प्राप्त पेनाल्टी मार्फत लामिन यमलले गोल गर्दै बार्सिलोना हारबाट जोगिएको हो । यो बराबरीसँगै अन्तिम १६ को पहिलो लेग सकिएको छ । अब दुई टोलीबिचको दोस्रो लेगले अर्को चरणमा पुग्ने टोलीको टुङ्गो लगाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कंगाल करोडपति’को मुख्य भूमिकामा मुकुन
-
पाँच नेताको समर्थनले महामन्त्रीमा विपिनको पल्लाभारी
-
रास्वपाको महामन्त्री दौडबाट पछि हटेपछि कविन्द्र बुर्लाकोटीले भने- ‘पार्टीको हित नै सर्वोच्च’
-
राजा चार्ल्सले पहिलोपटक सार्वजनिक गरे कर विवरण, एक वर्षमा तिरे करिब २ करोड अमेरिकी डलर
-
‘तरङ्ग’ मङ्सिर १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने
-
काठमाडौँको ट्राफिक जाम कम गर्न सातदोबाटो र एकान्तकुनामा बन्दैछ यस्तो अन्डरपास र ओभरपास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण