बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

समानुपातिकतर्फ एक करोड सात लाख ३० हजार मत गणना, कुन दलले कति मत पाए ?

बुधबार, २७ फागुन २०८२, ०६ : ३७
बुधबार, २७ फागुन २०८२

सारांश

  • समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एक करोड सात लाख ३० हजार ५५१ मत गणना भएको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरी अग्रता लिएको छ।
  • नेपाली कांग्रेस दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा छन्, मतगणना जारी छ।

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख ३० हजार ५५१ मत गणना भएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ६ः३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ। 

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत प्राप्त गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) १४ लाख ४८ हजार ३१८ मतसहित तेस्रो स्थानमा रहेको छ। 

त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले ८ लाखभन्दा बढी मत ल्याउँदा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले क्रमशः ३ लाख ७८ हजार र ३ लाख २९ हजारभन्दा बढी मत पाएका छन्। 

जनता समाजवादी पार्टी, नेपालले १,७४,३०६, राष्ट्रिय परिवर्तन पार्टीले १,७१,४९७ र जनमत पार्टीले ७८,९४९ मत प्राप्त गर्न सफल भएका छन् । मतगणना जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप