सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन

समानुपातिक मतगणनाको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक गर्ने आयोगको तयारी

बुधबार, २७ फागुन २०८२, ११ : ००
बुधबार, २७ फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।
  • इलाम-१ र गोरखा-१ को गणना भइरहेको र नतिजा सार्वजनिक हुने आयोगले जनाएको छ।
  • रास्वपाले ५१ लाख ३९ हजार २३५ मत ल्याएर अग्रता लिएको छ, कांग्रेस दोस्रो स्थानमा छ।

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले समानुपातिकको इलाम–१ र गोरखा–१ को गणना भइरहेको भन्दै त्यो सकिने बित्तिकै अन्तिम नतिजा सार्वजनिक गर्ने जनाएको छ । 

‘समानुपातिकको मतगणना अन्तिम चरणमा छ । अहिले इलाम–१ र गोरखा–१ को गणना भइरहेकाले त्यो सकिएपछि अन्तिम नतिजा सार्वजनिक हुन्छ’, आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने– ‘अब केहीबेर कुरिदिनुस् ।’

आयोगले अहिलेसम्म समानुपातिकतर्फ १ करोड ७ लाख ३९ हजार ११५ मत गणना गरिसकेको छ । जसमध्ये रास्वपाले ५१ लाख ३९ हजार २३५ मत ल्याउँदै अग्रता बनाएको छ भने नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३ मत ल्याएर दोस्रो स्थानमा छ । 

त्यस्तै, नेकपा एमालेले १४ लाख ४८ हजार ८५४ मत, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ५ हजार ७७३ मत पाएको छ भने श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४७२, जनता समाजवादी पार्टीले १ लाख ७४ हजार ३१७, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ५०१, जनमत पार्टीले ७८ हजार ९७३ मत पाएका छन् । 

प्रत्यक्षतर्फको मतगणना भने सकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप