कांग्रेसका राष्ट्रिय सभाका सांसदहरूबिच परिचयात्मक कार्यक्रम सुरु
बुधबार, २७ फागुन २०८२, १४ : ५५
काठमाडाैँ । नेपाली कांग्रेसको राष्ट्रिय सभाका वहालवाला र नवनिर्वाचित सदस्यहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा राष्ट्रिय सभाका वहालवाला तथा नवनिर्वाचित सदस्यहरूबिच परिचय, छलफल र अन्तरक्रिया सुरु भएको हो।
गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसका कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेस प्रदेशबाट काँग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, वागमती प्रदेशबाट गीता देवकोटा गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती निर्वाचित भएका थिए।
राष्ट्रिय सभामा कांग्रेस अब २५ सांसदसहित सबैभन्दा ठूलो पार्टी बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण