गण्डकीमा रास्वपाले बढायो तेब्बर मत, सबैभन्दा क्षति एमालेलाई
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फको चुनावमा राम्रो नतिजा ल्यायो, र अघिल्लो चुनावको तुलनामा मत बढायो।
- नेकपा एमाले र नेपाली कांग्रेसले गण्डकी प्रदेशमा समानुपातिक तर्फ ठूलो क्षति व्यहोरेका छन्, भने माओवादी केन्द्रले पनि आफ्नो क्षति थेग्न सकेन।
- गण्डकी प्रदेशमा केही नयाँ दलहरूले उल्लेख्य मत ल्याएका छन्, तर अरू दलहरूले समानुपातिकको थ्रेस होल्ड कटाउन सकेनन्।
पोखरा । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट गण्डकीमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी दुवैतर्फको चुनावमा पहिलो भएको छ । प्रत्यक्षमा १५ सिट जितेको रास्वपाले समानुपातिकमा अघिल्लो चुनावभन्दा झन्डै तेब्बर मत बढाएको छ । २०७९ को चुनावमा १ लाख ७७ मत ल्याएको रास्वपाले यसपालि ५ लाख मत कटाएको हो ।
अघिल्लो चुनावभन्दा अहिले पुराना राजनीतिक दलहरूले ठुलो क्षति व्यहोरेका छन् । अघिल्लो चुनावमा १ लाख ७७ हजार २५ मत पाएर उपस्थिति जनाएको रास्वपाले यसपालि ५ लाख २५ हजार ६ सय ३५ मत प्राप्त गरेको छ । यो अघिल्लो चुनावको तुलनामा ३ लाख ४८ हजार बढी मत हो ।
अघिल्लो निर्वाचनमा प्रतिनिधिसभातर्फ ३ लाख २४ हजार ८ सय ८२ मतसहित अग्रस्थानमा रहेको नेकपा एमाले यसपटक तेस्रो स्थानमा खुम्चिएको छ । फागुन २१ को निर्वाचनमा एमालेले जम्मा १ लाख ५२ हजार ५ सय ८७ मत मात्र पाएको छ । यसपालि १ लाख ७२ हजार भन्दा बढी मत एमालेले गुमाएको छ । त्यसो त अघिल्लो चुनावमै प्रदेशको तुलनामा सङ्घमा ४३ हजार भन्दा बढी मत एमालेले गुमाएको थियो ।
एमालेको भन्दा केही राम्रो भए पनि कांग्रेसले समेत गण्डकीमा समानुपातिकको ठुलो हिस्सा गुमाएको छ । अघिल्लो पटक ३ लाख १२ हजार ७ सय २० मत पाएको कांग्रेस यसपटक २ लाख ७ हजार ३ सय ८७ मतमा सीमित भएको छ । कांग्रेसले एकैपटक १ लाख ५ हजार भन्दा बढी मत गुमाएको छ । अघिल्लो चुनावमा १ लाख ८ हजार ४ सय ६७ मत पाएको माओवादी केन्द्र यसपटक नाम फेरेर चुनावमा जाँदा पनि आफ्नो क्षति छेक्न सकेन ।
आधार क्षेत्र रहेको नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षमा कुनै सिट जितेन । समानुपातिकमा पनि नेकपाले ५७ हजार ८ सय ७६ मत प्राप्त गरेको छ । यो गत चुनावभन्दा झन्डै आधा कम हो । त्यसैगरी, अघिल्लो पटक ३८ हजार ८ सय ३४ मत पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसपटक २३ हजार ५ सय ५६ मत पायो । बागलुङमा पकड मानिने राष्ट्रिय जनमोर्चाको मत पनि घटेको छ ।
अघिल्लो पटक सङ्घमा करिब १० हजार मत पाएको जनमोर्चा यसपटक ७ हजार ७ सय ७० मत पायो । गण्डकीमा केही नयाँ दलहरूले उल्लेख्य मत ल्याएका छन् । श्रम संस्कृति पार्टीले १८ हजार ९ सय ९५ मत ल्याएको छ ।
अरू दल राष्ट्रिय पार्टी बन्न सकेनन् । उनीहरुले समानुपातिकमा ल्याउनुपर्ने थ्रेस होल्ड अर्थात् ३ प्रतिशत मत नपाएका कारण हिसाब गरिएको छैन । हरेक जसो चुनावमा गण्डकीका मतदाताले भोट क्रसलाई निकै जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण