गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको धार्मिक पर्यटकीयस्थल गायत्री मन्दिरमा बाढी र कटान रोकथाम नियन्त्रण योजना निर्माण भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले राहुघाट नदीमा आउने बाढीको कटानबाट जोखिममा परेको गायत्री मन्दिर परिसरको तटीय क्षेत्रमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरेको हो।
राहुघाट नदीको किनारमा ५३ मिटर दूरीमा नदीको सतहबाट दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसिसी र माथिल्लो भागमा ग्याबियन भरेर पर्खाल निर्माण भएको आयोजना कार्यालयका इञ्जिनियर नरजङ गुरुङले जानकारी दिए।
आगामी असार २५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी रु दुई करोड १३ लाख ६६ हजार ८७८ लागत अनुमान गरिएको उक्त योजनाका गत भदौ ४ गते गुरुङ बाजे मण्डली जेभीसँग रु एक करोड ४२ लाख ५३ हजार ६४६ मा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले पर्याप्त मात्रामा उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यभन्दा चार महिनाअघि काम सम्पन्न गरेको हो।
नदीमा पानीको सतह घटेपछि पुस महिनामा राहुघाट नदीलाई डाइभर्सन गरेर पर्खाल निर्माण थालिएको थियो । काम थालेको दुई महिनामायोजना सम्पन्न भएको हो । गायत्री मन्दिर मुक्तिनाथ प्रवेशद्वारको रूपमा रहेको छ । साधु, सन्तहरू ध्यान तपस्या गर्न आउने यहाँ मन्दिरका साथै उद्यान र धर्माशाला छ । गायत्री मन्दिरको धर्मशालामा मुक्तिनाथ जाने तीर्थयात्रीहरुलाई बसोबासको व्यवस्था मिलाइएको छ ।
यस वर्ष बेनीसहित म्याग्दी र कालीगण्डकी नदी कटानका कारण जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि म्याग्दी, पर्वत र मुस्ताङ गरेर छ वटा नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना सञ्चालन भएका आयोजना कार्यालयका प्रमुख विदुुरमान श्रेष्ठले बताए।
सम्बद्ध कम्पनीहरूले ती योजनाको निर्माण कार्यलाई बर्खाअघिनै सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिएका आयोजना प्रमुख श्रेष्ठले बताए। उनका अनुसार ती आयोजनाहरूको कूल लागत अनुमान रु २० करोड २९ लाख ७६ हजार ८३९ रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण