सुनको मूल्य स्थिर, चाँदीको घट्यो
बिहीबार, २८ फागुन २०८२, १० : ५७
सारांश
- आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।
- चाँदीको मूल्यमा भने गिरावट आएको छ, प्रति तोला ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम छ।
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम रहेको छ। १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७७५ रुपैयाँ तोकिएको छ।
यसअघि फागुन २६ गते पनि सुन यही मूल्यमा कारोबार भएको थियो।
तर चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ४ हजार ७२८ रुपैयाँ कायम भएको छ।
बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँ र १० ग्राम ४ हजार ९०४ रुपैयाँमा कारोबार भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण