‘धन्यवाद पत्र’ लिएर बिदा भए निर्वाचन प्रहरी, तस्बिरहरू
सारांश
- प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीहरूले आफ्नो कार्यअवधि पूरा गरे।
- नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० र सशस्त्रले १५ हजार ११० निर्वाचन प्रहरी भर्ना गरेको थियो।
- निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई सरकारले ३४ हजार ७७६ रुपैयाँ तलब दिएको छ।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाको लागी भर्ना गरिएका निर्वाचन प्रहरीहरूले आफ्नो कार्यअवधि पूरा गरेका छन् । ४० दिनसम्म निर्वाचनको सुरक्षामा परिचालन गर्नेगरी नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्रले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो ।
_uo7w0Iys3a.jpg)
फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । मतगणना पनि सार्वजनिक भैसकेको अवस्थामा निर्वाचन प्रहरीलाई बिहीबार बिदाइ गरिएको हो । उनीहरूलाई ‘धन्यवाद पत्र’ सहित बिदाइ गरिएको नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अवि नारायण काफ्लेले रातोपाटीलाई बताए ।
_f9CRjrVJu3.jpg)
सशस्त्र प्रहरी बलले पनि फागुन २८ मा निर्वाचन प्रहरीलाई बिदाइ गर्ने भएको छ । सशस्त्रले निर्वाचन सुरक्षामा १५ हजार ११० जना निर्वाचन प्रहरीलाई परिचालन गरेको थियो । सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) विष्णु प्रसाद भट्टले निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई आउने बिहीबार बिदाइ गरिने जानकारी दिए ।
_G2nryoinB4.jpg)
निर्वाचन प्रहरीलाई ४० दिन निर्वाचन सुरक्षामा खटिएबापत सरकारले ३४ हजार ७७६ रुपैयाँ तलब प्रदान गरेको छ । त्यसबाहेक उनीहरूले रासन र आउजाउ गर्न ८४६ रुपैयाँ थप तयारी खर्च पाएका छन् । निर्वाचन प्रहरीले ४ दिनको लागी दैनिक ३ सयको दरले खाजा खर्च पाउनेछन् । पोसाक बापत छुट्टै रकम उपलब्ध गराइएको प्रहरी प्रवक्ता काफ्लेले बताए ।
_wUgCFpF8rw.jpg)
तस्बिरमा हेर्नुहोस् जिल्ला प्रहरी परिसर काठमाडौँले गरेको निर्वाचन प्रहरीको बिदाइ कार्यक्रम :
_escSHTa93c.jpg)
_OCGJtGjXei.jpg)
_I7h0tKQ1p4.jpg)
_C9X7wUlOYQ.jpg)
_eLDJa52RoB.jpg)
_sG4LhvfQFo.jpg)
_rZMNC3KZEe.jpg)
_lkvt3oq5D1.jpg)
_QGgQ0TOAzT.jpg)
_AMQtseBQI4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण