जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
बिहीबार, २८ फागुन २०८२, १४ : १०
कञ्चनपुर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको से १ ज १४०५ बोलेरो जिप र विपरीत दिशाबाट आइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको बताए । “घटनाको विस्तृत विवरण आउन बाँकी छ”, प्रहरी निरीक्षक थापाले भने, “मोटरसाइकल चालक र सवारको मृत्यु भएपनि पहिचान खुल्न सकेको छैन ।”
प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण