सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

महाकुम्भबाट भाइरल भएकी मोनालिसाले गरिन् मुस्लिम प्रेमीसँग विवाह

परिवारको विरोधपछि ज्यान जोगाउन पुगिन् प्रहरी चौकी
बिहीबार, २८ फागुन २०८२, १६ : ०२
बिहीबार, २८ फागुन २०८२

सारांश

  • मोनालिसाले मुस्लिम प्रेमी फरमान खानसँग विवाह गरेकी छिन्, जसका कारण परिवारले विरोध जनाएको छ।
  • विवाहपछि सुरक्षाको माग गर्दै उनीहरू केरलाको प्रहरी चौकीमा पुगेका छन्, र सँगै बस्न चाहेको बताए।
  • सामाजिक सञ्जालमा भाइरल भिडियोले इन्टरनेट प्रयोगकर्ताहरूलाई विभाजित गरेको छ, कसैले समर्थन र कसैले असन्तुष्टि जनाएका छन्।

काठमाडौँ । आफ्नो सुन्दर आँखा र मन्द मुस्कानका कारण महाकुम्भ मेलाका बेला सामाजिक सञ्जालमा रातारात इन्टरनेट सेन्सेसन बनेकी मोनालिसा फेरि एकपटक चर्चाको केन्द्रमा छिन्। यसपटक उनी कुनै तस्बिरका कारण नभई आफ्नो व्यक्तिगत जीवन र अन्तर्जातीय विवाहका कारण चर्चामा आएकी हुन्।

मोनालिसाले आफ्ना मुस्लिम प्रेमी फरमान खानसँग विवाह गरेकी छन्, जसलाई लिएर उनको परिवारले कडा विरोध जनाएको छ। डेढ वर्षअघि फेसबुकमार्फत चिनजान भएका मोनालिसा र फरमानको मित्रता बिस्तारै प्रेममा बदलिएको थियो।

उनीहरूले विवाह गर्ने निर्णय गरेपछि परिवारले धार्मिक र सामाजिक कारण देखाउँदै असहमति जनाएका थिए। परिवारको विरोध र सम्भावित खतरालाई मध्यनजर गर्दै यो जोडी सुरक्षाको माग गर्दै केरलाको तिरुवनन्तपुरमस्थित थम्पानुर प्रहरी स्टेशन पुगेको छ। उनीहरूले आफूहरू राजीखुसीले सँगै बस्न चाहेको र कसैको धम्की वा दबाबबाट सुरक्षा पाउनुपर्ने भन्दै प्रहरीमा निवेदन दिएका छन्।

अहिले मोनालिसा र फरमान प्रहरी चौकीमा बसिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। निलो–खैरो आँखाका कारण करोडौँको मन जितेकी मोनालिसाको यो साहसिक कदमलाई लिएर इन्टरनेट प्रयोगकर्ताहरू दुई धारमा बाँडिएका छन्।

कसैले उनको स्वतन्त्रता र प्रेमको समर्थन गरेका छन् भने कसैले परिवारको इच्छाविपरीत गरेको यो कार्यप्रति असन्तुष्टि पोखेका छन्। प्रहरीले हाल उनीहरूको सुरक्षाको प्रबन्ध मिलाउँदै थप कानुनी परामर्श र अनुसन्धान अघि बढाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप