महावीर पुनमाथि अभद्र व्यवहारको आरोपमा एक जना पक्राउ
सारांश
- नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा कास्की पोखराका विकास गुरुङ रहेका छन्, जसलाई प्रहरीले महेन्द्रपुलबाट पक्राउ गरेको हो।
- गुरुङ यसअघि लागुऔषध मुद्दामा तीन पटक सजाय पाएको प्रहरी अभिलेखमा उल्लेख छ।
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा बिहीबार एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नं. १३ बाँझापाटन बस्ने वर्ष ४३ को विकास गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले वडा नम्बर ९ महेन्द्रपुलबाट पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले बताए ।
प्रहरीका अनुसार गुरुङ यसअघि तीन पटक लागुऔषध मुद्दामा सजाय पाएको समेत प्रहरी अभिलेखबाट खुलेको छ ।
पृथ्वीचोक स्थित महावीर पुन लगायतको टिमले “महावीर पुन सम्झना, सपना र अविरल यात्रा” नामक पुस्तक बिक्री गरिरहेको अवस्थामा ती व्यक्तिले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको घटना विभिन्न सामाजिक सञ्जालहरूमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण