इराकमा ड्रोन आक्रमणमा फ्रान्सेली सैनिकको मृत्यु
शुक्रबार, २९ फागुन २०८२, ०९ : १४
सारांश
- इराकको एरबिलमा भएको ड्रोन आक्रमणमा एक फ्रान्सेली सैनिकको मृत्यु भएको छ।
- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले घटनाको जानकारी दिएका हुन् र मृतक सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
- इरानसँगको युद्ध सुरु भएपछि फ्रान्सेली सेनाको यो पहिलो मृत्यु हो, र फ्रान्सले आक्रमणको निन्दा गरेको छ।
पेरिस । इराकको एरबिल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक फ्रान्सेली सैनिकको मृत्यु भएको छ भने केही सैनिक घाइते भएका छन् । यो जानकारी फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले दिएका हुन् ।
म्याक्रोँका अनुसार, मारिने सैनिक चीफ वारन्ट अफिसर अर्नाे फ्रिओन हुन् । इरानसँगको युद्ध सुरु भएपछि फ्रान्सेली सेनाको यो पहिलो मृत्यु भएको बताइएको छ ।
राष्ट्रपति म्याक्रोँले सामाजिक सञ्जालमार्फत मृतक सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनका परिवार र सहकर्मी सैनिकप्रति राष्ट्रको सहानुभूति र ऐक्यबद्धता रहेको बताएका छन् । साथै, आक्रमणमा घाइते भएका अन्य सैनिकहरूको उपचार भइरहेको पनि उनले जानकारी दिएका छन् ।
इराकमा फ्रान्सेली सैनिकहरूको उपस्थिति आतंकवादविरुद्धको अभियान अन्तर्गत रहेको उक्त आक्रमणको कडा शब्दमा निन्दा गर्दै म्याक्रोँले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण