हिमालयन जाभा नेशनल बास्केटबल : हाउण्ड्समाथि टाईम्सको रोमाञ्चक जित
काठमाडौँ । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा शुक्रबार दिउँसो भएको खेलमा टाईम्स ईन्टरनेसनल क्लबले केभिसी हाउण्ड्समाथि रोमाञ्चक जित हात पारेको छ ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको लिग अन्तर्गत त्रिपुरेह्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा टाईम्सले हाउण्ड्सलाई ७३–६८ ले हरायो ।
निकै प्रतिस्पर्धात्मक खेलमा टाईम्सले पहिलो म्वाटरमा बनाएको १७–११ को अग्रता नै जितमा निर्णायक बन्यो । दोस्रो क्वाटर १९–१९ र चौथो क्वाटर२०–२० मा सकिएको थियो भने तेस्रो क्वाटरमा हाउण्ड्सले १८–१७ ले आफ्नो पक्षमा पारेमो थियो ।
टाईम्सका श्रेयश बहादुर शाहले सर्वाधिक २७ अंक स्कोर गरे । उनी खेलको एमभिपी बने । टाईम्सको यो पहिलो जित हो । टाईम्स पहिलो खेलमै गोल्डेनगेटसँग पराजितभएको थियो ।
यस्तै बिहीबार राती भएको खेलमा त्रिभुवन आर्मी क्लबले गोल्डेनगेट ईन्टरनेशनल क्लबलाई ९१–६७ ले पराजित गरेको थियो । आर्मीको यो लगातार दोस्रो जित हो भने गोल्डेनगेटको पहिलो हार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण