इजरायललाई सूचना दिएको आरोपमा इरानमा २० जना पक्राउ
सारांश
- इरानले इजरायलका लागि सूचनादाताको रूपमा काम गरेको आरोपमा २० जनालाई पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूले इरानका सैन्य र सुरक्षा संरचनाको विवरण इजरायललाई पठाएको आरोप छ।
- इरानले इजरायलमाथि आक्रमणको नयाँ चरण सुरु गरेको र सूचनादाताबाट प्राप्त जानकारीका आधारमा सुरक्षा चौकीहरूलाई लक्षित गरेको जनाएको छ।
तेहरान । इजरायलका लागि सूचनादाता (इनफर्मेन्ट) का रूपमा काम गरेको आरोपमा इरानले २० जनालाई पक्राउ गरेको छ । इरानको उत्तर पश्चिमी वेष्ट अजरबैजान प्रान्तमा ती व्यक्तिहरूलाई पक्राउ गरिएको हो ।
सरकारी समाचार संस्था तास्निम न्युज एजेन्सीका अनुसार स्थानीय अभियोजक कार्यालयले जारी गरेको वक्तव्य उद्धृत गर्दै उनीहरूलाई इजरायलसँग सहकार्य गर्ने प्रयास गरेको आरोप लगाइएको छ ।
वक्तव्यमा ती व्यक्तिहरूले इरानका सैन्य, प्रहरी तथा सुरक्षा संरचनासम्बन्धी स्थानको विवरण इजरायललाई पठाएको आरोप लगाइएको छ । अभियोजक कार्यालयका अनुसार जायोनिस्ट शासनसँग सम्बन्धित भाडाका सञ्जालहरू विरुद्ध कारबाही गर्दै अदालतको आदेशमा २० जनालाई पक्राउ गरी हिरासतमा राखिएको हो ।
यसैबिच अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गत साता प्रकाशित रिपोर्टमा इजरायलले इरानमाथि आक्रमणको नयाँ चरण सुरु गरेको र जमिनमा रहेका सूचनादाताबाट प्राप्त जानकारीका आधारमा सुरक्षा चौकीहरूलाई लक्षित गरिएको जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको ठूलो सुन निर्यात कम्पनीमा प्रमुख कार्यकारीको तलब जम्मा २७ हजार रुपैयाँ
-
रास्वपाको पदाधिकारी मतदान जारी, ४ बजेसम्म समय थप
-
दुई दशकपछि अभिनयमा फर्किए राकेश
-
काठमाडौँ महानगरले टेकु अस्पताललाई दियो १८ सय भायल रेबिजविरुद्धको खोप
-
बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार
-
लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सरकारको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण