शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’ मा

आइतबार, ०१ चैत २०८२, १४ : १६
आइतबार, ०१ चैत २०८२

सारांश

  • नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा 'हेर्न नभ्याइने' सूचीमा राखिएको छ।
  • गगन थापा सभापति चयन भएपछि शेरबहादुर देउवा पक्षले सर्वोच्चमा रिट दायर गरेको थियो।
  • सर्वोच्चले सुनुवाइका लागि अग्राधिकार प्रदान गरे पनि आइतबार सुनुवाइ सरेको छ।

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ । कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । उक्त इजलासको २२ नम्बरमा तोकिएको पेसी ‘हेर्न नभ्याइने’ मा राखिएको छ । आइतबार यो मुद्दा ‘हेर्न नभ्याइने’ मा परेपछि सुनुवाइ सरेको छ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएसँगै निर्वाचन आयोगले आधिकारिकता दिने निर्णय गरेपछि सो विरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले माघ ६ गते कारण देखाऊ आदेश जारी गर्दै सबै पक्षसँग लिखित जवाफ माग गरेको थियो । सर्वोच्चले अन्तिम सुनुवाइ गर्नका लागि अग्राधिकार प्रदान गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै १५ दिनभित्र अग्राधिकार प्रदान गरेको थियो । 

निर्वाचन आयोगसमेतलाई विपक्षी बनाउँदै देउवा पक्ष अदालत गएको थियो । देउवा पक्षले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने उल्लेख गर्दै विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप