अनुमति नलिएका कन्सल्टेन्सी र म्यानपावर संस्था १५ दिनभित्र बन्द गर्न निर्देशन
सारांश
- चितवन जिल्ला प्रशासनले अनुमति बिना शैक्षिक परामर्श केन्द्र र म्यानपावरका शाखा बन्द गर्न निर्देशन दिएको छ।
- प्रशासनले १५ दिनभित्र कार्यालय बन्द गर्न वा अनुमति लिन आग्रह गरेको छ, नत्र कारबाही हुने चेतावनी दिएको छ।
- भिसा र जागिरको ग्यारेन्टी जस्ता भ्रामक आश्वासन दिने गुनासो आएपछि प्रशासनले यस्तो निर्णय गरेको हो।
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति नलिई सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) तथा वैदेशिक रोजगार सेवा प्रदायक संस्था (म्यानपावर) का शाखा तथा सम्पर्क कार्यालयहरूलाई बन्द गर्न निर्देशन दिएको छ ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायबाट स्वीकृति नलिई सञ्चालनमा रहेका संस्थाहरूलाई १५ दिनभित्र कार्यालय बन्द गर्न वा आवश्यक अनुमति तथा नवीकरण गर्न आग्रह गरेको हो ।
प्रशासनका अनुसार केही संस्थाहरूले नियमित कार्यालय सञ्चालन नगरीकन पनि भिसा प्रक्रिया, जागिरको ग्यारेन्टी जस्ता भ्रामक तथा अनावश्यक आश्वासन दिँदै सेवा प्रदान गरिरहेको गुनासो आएपछि यस्तो सूचना जारी गरिएको हो ।
सूचनामा तोकिएको समयभित्र बन्द नगरे वा अनुमति नलिई सञ्चालन जारी राखेमा प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
उक्त सूचना सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा द्वारा जारी गरिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण