६ वटै दलले बुझाए समानुपातिक सांसदको नाम, अबको प्रक्रिया के ?
सारांश
- समानुपातिक सिट पाएका ६ दलले निर्वाचन आयोगमा बन्द सूचीका नाम बुझाएका छन्।
- आयोगले ३ प्रतिशत थ्रेस होल्ड कटाउने दलहरूलाई नाम पठाउन निर्देशन दिएको थियो।
- आयोगले नाम रुजु गर्ने र राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरेको छ।
काठमाडौँ । समानुपातिकमा सिट पाएका ६ वटै राजनीतिक दलहरूले आफूले पाएको सिट सङ्ख्या अनुसार बन्द सूचीमा रहेका नाम छानेर निर्वाचन आयोगमा बुझाएका छन् ।
आयोगले बिहीबार समानुपातिकतर्फको सिट बाँडफाँड गर्दै ३ प्रतिशत थ्रेस होल्ड कटाउने राजनीतिक दलहरूलाई तीन दिनभित्र उम्मेदवारको नाम छनौट गरी पेस गर्न पत्राचार गरेको थियो । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३ प्रतिशत थ्रेस होल्ड कटाउने ६ वटा दल राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फको सिट पाएका थिए ।
यो निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ रास्वपाले सबैभन्दा बढी ५७ सिट पाएको छ भने कांग्रेसले २० सिट, एमालेले १६ सिट, नेकपाले ९ सिट, श्रम संस्कृतिले ४ र राप्रपाले ४ सिट पाएका छन् । उनीहरुले पाएको सिटअनुसार आयोगले बिहीबार पत्राचार गरेपछि दलहरूले आइतबार नाम बुझाएका हुन् ।
निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले ६ वटै राजनीतिक दलले आइतबार नाम बुझाइसकेकाले ती नाम रुजु गर्ने काममा आयोग लागेको जानकारी दिए । ‘६ वटै दलले नाम पठाइसक्नु भएको छ, आएका नामहरूमाथि रुजू गर्ने काम सुरु भएको छ’, जीसीले भने, ‘क्लस्टर मिले नमिलेको यकिन गरेर बाँकी प्रक्रिया पुरा हुन्छ ।’
समानुपातिक सांसदबारे टुङ्गो लगाइसकेर आयोगले राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरेको छ । ‘दलहरूले पठाएका नाम क्लस्टर अनुसार सबै मिलेको भए ठिकै छ नभए पुन पत्राचार गर्नुपर्ने हुन्छ’, जिसीले भने, ‘सकभर हामी सबै काम फास्ट गर्ने पक्षमा छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण