कृष्णप्रसाद भट्टराई स्मृति फुटबल: बसाहा क्लब सेमिफाइनलमा
सारांश
- बसाहा क्लबले ट्राइब्रेकरमा न्यू स्टार क्लबलाई हराएर सेमिफाइनलमा स्थान बनाएको छ।
- खेलमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेका थिए।
- प्रतियोगितामा एक भारतीय टोलीसहित आठ टोलीको सहभागिता रहेको छ।
सुनसरी । इटहरीमा जारी तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण स्व कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगितामा उदयपुरको बसाहा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा आज भएको खेलमा उदयपुरको बसाहा क्लबले न्यू स्टार क्लब बराहाक्षेत्रलाई ‘ट्राइब्रेकर’मा ४–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो । बसाहा क्लबका लागि रितेश तामाङले ५७औँ मिनेटमा तथा अनिश बस्नेतले ७६औँ मिनेटमा गोल गरेका थिए । यस्तै न्यू स्टार क्लबका नितेश लिम्बूले खेलको नवौँ र ५९औँ मिनेटमा गोल गरेका थिए ।
ट्राइब्रेकरमा बसाहा क्लबका रितेश तामाङ, बिबेक चौधरी, आयुष राई र पवन मगरले गोल गरेका थिए भने न्यू स्टार क्लबका सन्दीप श्रेष्ठ, नितेश लिम्बू र भीम विकले गोल गरे भने सुसान्त तामाङ र उमेश कार्कीले गोल गर्न सकेनन् । आजको खेलको ‘प्लेयर अफ दी म्याच’ बसाहा क्लबका गोलकिपर सन्दीप भट्टराई घोषित भए । उनले रु पाँच हजार ५०० सहित मेडल प्राप्त गरेको क्लबका सचिव विज्ञान राईले जानकारी दिए ।
सोमबार क्वाटरफाइनल खेल सङ्खुवासभाको लोहोरुङ फुटबल क्लब र तेह्रथुमको चुत्तन स्पोर्टिङ क्लबबिच हुने छ । यही चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक भारतीय टोलीसहित आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रु चार लाख चार हजार तथा उपविजेताले रु दुई लाख दुई हजार दुई सय प्राप्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण