एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
सोमबार, ०२ चैत २०८२, ०१ : १४
सारांश
- एनआरएनएको अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भयो।
- अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो।
- निर्वाचन समितिले सबै पदको नजिता एकै पटक सार्वजनिक गर्ने जनायो।
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ ।
अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो । अध्यक्षका लागि शर्माका अलावा रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी दिनुभएको थियो । निर्वाचन समितिले सबै पदको नजिता एकै पटक सार्वजनिक गर्ने जनाएको छ ।
एनआरएन निर्वाचन समितिका अनुसार आजै कार्यसमितिको सबै विवरण सार्वजनिक गरिनेछ । निर्वाचन भन्दा पनि सहमतिका आधारमा कार्यसमिति चयन गर्न लागिएको बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आथित्यतामा आइतबार साँझ पाँच बजे समापन समारोह आयोजना गरिएको एनआरएनए सचिवालयले जनाएको छ ।
शनिबारदेखि सुरु भएको एनआरएनए १२ औँ अधिवेशन आज सम्पन्न हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण