कर्णाली उत्सवको सातौँ संस्करण चैत्र २८ देखि हुने
सारांश
- कर्णाली उत्सवको सातौँ संस्करण वीरेन्द्रनगरमा चैत्र २८, २९ र ३० गते आयोजना हुनेछ।
- उत्सवमा राजनीतिक, सामाजिक, आर्थिक लगायतका विभिन्न विषयमा बहस हुनेछ।
- उत्सवमा आर्थिक, पर्यावरण, राजनीति र सुशासनसम्बन्धी सत्रहरू सञ्चालन हुनेछन्।
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने कर्णाली उत्सव ‘कुडा कर्नाली’काको सातौँ संस्करण चैत्र अन्तिम सातामा हुने भएको छ ।
राजनीतिक, सामाजिक, आर्थिक लगायत विभिन्न विषयमा बहस हुने थलोको रूपमा रहेको उत्सव चैत्र २८, २९ र ३० गते आयोजना हुने भएको हो ।
उत्सवका यसअघि छ वटा संस्करण सम्पन्न भइसकेका छन् । उत्सवको आयोजक ऋति फाउन्डेसनका अनुसार अघिल्ला वर्षहरूझैँ यस वर्ष पनि उत्सव तीन दिनसम्म सुर्खेत, वीरेन्द्रनगरस्थित सिटी हलको प्राङ्गणमा सञ्चालन हुनेछ।
उत्सवका कार्यकारी निर्देशक दिनेश गौतमका अनुसार यस वर्ष पहिलो दिन आर्थिक विषयमा बहस केन्द्रित हुनेछ भने दोस्रो दिन पर्यावरण र प्रकृतिसँग जोडिएका विषयमा सत्रहरू सञ्चालन हुनेछन्।
त्यस्तै तेस्रो दिन समसामयिक राजनीति र सुशासनका विषयमा सत्रहरू सञ्चालन गरिनेछन् । ‘प्यानल छलफलहरूका साथै कर्णालीका विभिन्न प्रतिभाशाली व्यक्तिहरूको कथा सुन्नका लागि पैकेलो सत्र सञ्चालन गरिनेछ ।
उत्सवमा सांस्कृतिक साँझ, गजल साँझ लगायतका सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। उत्सवमा हरेक दिन समसामयिक विषयमा ख्यातिप्राप्त व्यक्तिहरूका प्रवचन राखिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण