चिन्नास्वामी स्टेडियमलाई आईपीएल खेलाउने अनुमति, फाइनल खेल बेंगलुरुमै हुने
सारांश
- बेंगलुरुको चिन्नास्वामी स्टेडियमले आईपीएल २०२६ का खेलहरू आयोजना गर्न अनुमति पाएको छ, कर्नाटक सरकारको निरीक्षणपछि।
- आरसीबी र सनराइजर्स हैदराबादबीचको उद्घाटन खेल मार्च २८ मा हुनेछ, र फाइनल पनि यही मैदानमा हुनेछ।
- सुरक्षा सुधारका लागि नयाँ प्रवेशद्वार र डिजिटल टिकट प्रणाली लागू गरिएको छ, मेट्रो सेवा पनि विस्तार गरिएको छ।
बेंगलुरु । लामो समयको अन्योलपछि बेंगलुरुको एम चिन्नास्वामी स्टेडियमलाई आईपीएल २०२६ का खेलहरू आयोजना गर्न सरकारी अनुमति प्राप्त भएको छ। कर्नाटक सरकारद्वारा गठित विशेषज्ञ समितिले सोमबार रंगशालाको निरीक्षण गरी सुरक्षा र संरचनात्मक अवस्था सन्तोषजनक रहेको प्रतिवेदन दिएसँगै आईपीएलका खेल हुने बाटो खुलेको हो।
यो अनुमतिसँगै मार्च २८ मा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र सनराइजर्स हैदराबादबिच हुने उद्घाटन खेल चिन्नास्वामी स्टेडियममै हुनेछ। साबिक विजेताले फाइनल आयोजना गर्ने परम्पराअनुसार यस सिजनको एउटा प्लेअफ र फाइनल खेल पनि यही मैदानमा खेलाइनेछ।
गत वर्ष आरसीबीको विजयोत्सवका क्रममा भएको दुखद घटनापछि रंगशालाको सुरक्षामाथि प्रश्न उठ्दै आएको थियो, जसलाई सम्बोधन गर्न नयाँ नेतृत्वले व्यापक सुधारका कामहरू गरेको छ। भीडभाड नियन्त्रणका लागि कर्नाटक राज्य क्रिकेट संघ (केएससीए) ले रंगशालामा ६ वटा नयाँ प्रवेशद्वार थपेको छ भने पुराना ढोकाहरूलाई फराकिलो बनाएको छ।
यसबाहेक, समर्थकहरूको सहजताका लागि डिजिटल क्यूआर कोडयुक्त टिकट प्रणाली लागू गरिनेछ। दर्शकको चापलाई मध्यनजर गर्दै बेंगलुरु मेट्रोसँग पनि सम्झौता गरिएको छ। खेल हुने दिनमा मेट्रो सेवा राति १ बजेसम्म सञ्चालन हुनेछ र म्याच टिकट हुनेहरूले निःशुल्क यात्रा गर्न पाउने सम्भावना रहेको छ।
आरसीबीले यस सिजन आफ्ना ५ घरेलु खेल चिन्नास्वामीमा खेल्नेछ भने बाँकी २ खेल रायपुरमा हुनेछन्। केएससीएका नवनिर्वाचित अध्यक्ष एवं पूर्व तीव्र गतिका बलर वेंकटेश प्रसादले पदभार सम्हालेको दुई महिनाभित्रै रंगशालाको पुनर्निर्माण र सुरक्षा मापदण्ड पूरा गरेर यो अनुमति दिलाएका हुन्।
अहिलेलाई आईपीएलको पहिलो दुई हप्ताको तालिका मात्र सार्वजनिक गरिएको छ, जसमा अप्रिल ५ मा आरसीबी र चेन्नई सुपर किंग्सबिचको बहुप्रतीक्षित खेल पनि यही मैदानमा हुनेछ। रंगशाला अब आधिकारिक रूपमा आरसीबी र व्यवस्थापन टोलीलाई हस्तान्तरण गरिएको छ।
खेलको टिकट बिक्री भने यसै साताको अन्त्यतिरबाट सुरु हुने अपेक्षा गरिएको छ।
ईएसपीएन क्रिकइन्फो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
-
डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
-
योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य
-
चिनियाँ आर्थिक सहयोगमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण