अपडेट
सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
मङ्गलबार, ०३ चैत २०८२, १० : ४१
सारांश
- मंगलबार सुनको मूल्य प्रतितोला रु ४ सयले बढेको छ।
- चाँदीको मूल्यमा पनि वृद्धि भएको छ, प्रतितोला रु ७० ले बढेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको मूल्य बढेको हो।
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु ३ लाख ९ हजार ९ सय कायम भएको छ ।
सोमबार भने सुन प्रतितोला रु ३ लाख ९ हजार ५ सय रहेको थियो । यसअनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला रु ४ सयले बढेको महासंघले जनाएको छ ।
त्यसैगरी, १० ग्राम सुनको मूल्य मंगलबार रु २ लाख ६५ हजार ६९० पुगेको छ भने सोमबार रु २ लाख ६५ हजार ३४५ कायम थियो ।
चाँदीतर्फ पनि मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला रु ५ हजार ३३५ पुगेको छ भने सोमबार प्रतितोला रु ५ हजार २६५ रहेको थियो । यसअनुसार चाँदी प्रतितोला रु ७० ले वृद्धि भएको छ ।
१० ग्राम चाँदीको मूल्य मंगलबार रु ४ हजार ५७४ पुगेको छ भने सोमबार रु ४ हजार ५१४ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण