पूर्वमन्त्री श्रेष्ठविरुद्धको मुद्दामा पेसी तोकियो
सारांश
- पूर्वमन्त्री रञ्जिता श्रेष्ठविरुद्धको घुस प्रकरण सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
- विशेष अदालतले ५ लाख धरौटीमा छाड्ने आदेश दिएपछि अख्तियारले थुनामा राखेर मुद्दा चलाउन माग गरेको छ।
- अख्तियारले श्रेष्ठसहित संलग्न व्यक्तिहरूमाथि ७८ लाख बिगो कायम गरी मुद्दा दायर गरेको थियो।
काठमाडौँ । पूर्वमन्त्री रञ्जिता श्रेष्ठविरुद्धको लिचीबारी घुस प्रकरण सम्बन्धी भ्रष्टाचार मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
विशेष अदालतले श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । सो उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।
गत फागुन १० गते विशेष अदालतले ७८ लाख रुपैयाँ बिगो कायम भएको उक्त भ्रष्टाचार मुद्दामा प्रतिवादी रञ्जिता श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने (थुनछेक) आदेश दिएको थियो । अख्तियारले उक्त ५ लाखको धरौटी आदेशलाई ’बेरीतको’ (कानुनसम्मत नभएको) दाबी गरेको छ ।
अख्तियारले श्रेष्ठसमेत संलग्न रहेको यस भ्रष्टाचार मुद्दामा ७८ लाख रुपैयाँ बिगो कायम गरी २०८२ असोज २२ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण