अभिनेत्री ऋचा शर्माको सुदन गुरुङलाई सुझाव : तलब खाऊ, घुस नखाऊ
बुधबार, ०४ चैत २०८२, ११ : ४१
१
सारांश
- अभिनेत्री ऋचा शर्माले सांसद सुदन गुरुङलाई तलब खान सुझाव दिएकी छिन्।
- सांसद गुरुङले तलब भत्ता नलिने घोषणा गरेका थिए।
- शर्माले सामाजिक सञ्जालमा पोष्ट गर्दै घुस नखान र तलब खान सुझाव दिएकी हुन्।
काठमाडौँ । अभिनेत्री ऋचा शर्माले रास्वपाका सांसद सुदन गुरुङलाई तलब खान सुझाएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै तलब खान र घुस नखान सुझाएकी हुन् ।
उनले लेखेकी छन्, ‘तलब त खाऊ न हौ खाऊ ! घुस पो नखाऊ ! ठेक्का पट्टा पो नगर ! खाने मात्र हैन मस्तै बजाइदेऊ तलब र सुविधा पाउने जति, हक हो हकको खाऊ । राज्यलाई ‘पाप’ लागि हाल्छ नि यसरी आफ्नो देशको नागरिकलाई फ्रिमा काम लगाउँदा !’
मङ्गलवार रास्वपाले ललितपुरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका गुरुङले तलब भत्ता नलिने घोषणा गरेका थिए । गुरुङले उक्त कार्यक्रममा आफू सक्षम भएको भन्दै तलब भत्तासहित सरकारी सेवा सुविधा नलिने जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण