अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिए पनि मुलुकका सामु ठूला चुनौतीहरु छन्ः अर्थमन्त्री खनाल
सारांश
- अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको बताए।
- उनले निष्क्रिय पुँजी उत्पादनशील क्षेत्रमा लगानी हुन नसक्नुलाई समस्याको रूपमा औंल्याए।
- मध्यपूर्व र खाडी मुलुकको संकटले आपूर्ति श्रृंखला अवरुद्ध हुने र वस्तुको मूल्य बढ्ने सम्भावना छ।
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले अहिले अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएपछि मुलुकका सामु ठूला चुनौतीहरु रहेको बताएका छन् ।
नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सव समारोहलाई बुधवार सम्बोधन गर्दै उनले अर्थमन्त्री खनालले मुलुकका समष्टिगत आर्थिक सूचकहरूमा सकारात्मक संकेत देखिए पनि अर्थतन्त्रका सामु अझै ठूला चुनौतीहरू रहेको बताएका हुन् । उनकाअनुसार बैंकमा रहेको ठूलो परिमाणको निष्क्रिय पुँजी उत्पादनशील क्षेत्रमा लगानी हुन नसक्नु अर्थतन्त्रको प्रमुख समस्या बनेको छ ।
मध्यपूर्व र खाडी मुलुकमा देखिएको संकटका कारण नेपालको आपूर्ति श्रृंखला अवरुद्ध हुने र आयातित वस्तुको मूल्य बढ्नसक्ने सम्भावना रहेको पनि उनले उल्लेख गरे । यसले औद्योगिक उत्पादनको लागत बढाएर समग्र अर्थतन्त्रमा असर पार्नसक्ने भन्दै त्यसप्रति सबै पक्ष सचेत हुन आवश्यक रहेको उनको भनाइ छ । यस्तो परिस्थितिमा केही विषयमा द्रुत गतिले निर्णय लिनुपर्ने आवश्यकता रहेको पनि अर्थमन्त्री खनालले औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण