जुम्लामा एचपीभी खोप अभियान, १ हजार २७७ किशोरीलाई खोप
बुधबार, ०४ चैत २०८२, १३ : ३१
सारांश
- जुम्लामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु हुने भएको छ।
- चैत ९ गतेदेखि जिल्लाका आठवटै पालिकाका खोप केन्द्रमार्फत कक्षा ६ मा अध्ययनरत किशोरीलाई खोप दिइनेछ।
- यस खोप अभियानले १०-१४ वर्ष उमेर समूहका १,२७७ किशोरीलाई समेट्ने लक्ष्य राखेको छ।
जुम्ला । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप अभियान जुम्लामा सञ्चालन हुने भएको छ ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत चैत ९ गतेदेखि जिल्लाका आठै पालिकाका ८४ खोप केन्द्रमार्फत खोप दिइने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कक्षा ६ मा अध्ययनरत १०–१४ वर्ष उमेर समूहका १,२७७ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ । पालिकाअनुसार चन्दननाथमा २७७, तातोपानीमा १६४, गुठिचौरमा ७७, पातारासीमा २२१, तिलामा १८५, हिमामा २२१, सिजामा १३५ र कनकासुन्दरीमा १७७ जना रहेका छन् ।
अभियान प्रभावकारी बनाउन सरोकारवालासँग पूर्वतयारीबारे छलफल गरिएको र लक्षित सबै किशोरीलाई समेट्ने तयारी रहेको जनाइएको छ । गत वर्ष कक्षा ७–१० का किशोरीलाई खोप दिइएकोमा यस वर्ष कक्षा ६ लाई मात्र समेटिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण