बैंकमा पैसा थुप्रिएको छ, कर्जा प्रवाह गर्न सकेका छैनौँः कोइराला
सारांश
- नेपाल बैंकर्स संघका अध्यक्षका अनुसार बैंकमा ठूलो निक्षेप भए पनि कर्जा विस्तार सुस्त छ।
- अध्यक्ष कोइरालाले बैंक कर्मचारीहरूले कर्जा असुलीमा धम्की र दबाबको सामना गर्नुपरेको बताए।
- उनले 'ऋण तिर्नु पर्दैन' भन्ने धारणाले अर्थतन्त्रलाई असर पार्ने चेतावनी दिए।
काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले अहिले बैंकिङ प्रणालीमा ठूलो परिमाणमा निक्षेप भए पनि कर्जा विस्तारको गति कमजोर रहेको बताएका छन् ।
नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले हाल बैंकहरूसँग करिब ७७ खर्ब रुपैयाँ निक्षेप रहेको बताएका हुन् । अध्यक्ष कोइरालाले सो मध्येबाट बैंकहरूले ५८ खर्ब रुपैयाँ जति कर्जा प्रवाह गरेको जानकारी दिँदै पछिल्लो समय कर्जा प्रवाहको वृद्धि दर बढ्न नसकेको बताएका छन् ।
कोइरालाले कर्जा सुस्तता आउनुको कारण भने खुलाएनन् । उनले बैंकिङ क्षेत्रमा विभिन्न प्रकारका चुनौतीहरू रहेको पनि बताए । उनका अनुसार कर्जा असुलीका क्रममा बैंकका कर्मचारीहरूले विभिन्न धम्की र दबाब सामना गर्नुपरेको छ । बैंकर्स संघले पनि यस विषयमा अझ सक्रिय भएर अघि बढ्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
कोइरालाले भने, ‘अहिले बैंकसँग ७७ खर्बको डिपोजिट छ । ५८ खर्ब जति लोन प्रवाह गरेका छौँ । कर्जा प्रवाहको ग्रोथ बढ्न सकिरहेको छैन । बैंकिङ क्षेत्रमा विभिन्न प्रकारका चुनौतीहरू छन् । ऋण उठाउन जाने क्रममा धेरै प्रकारका थ्रेटहरू छन् । बैंकर्स संघले अलिकति अघि बढ्नुपर्ने अवस्था पनि आइरहेको छ । कुनै भीडले बैंकको पैसा तिर्नु पर्दैन भन्ने कुरा आयो भने यसले समग्र अर्थतन्त्रलाई असर पार्छ । पैसा तिर्नु पर्दैन भन्ने भाष्य बन्ने र कर्मचारीलाई विभिन्न प्रकारका थ्रेटहरू जस्तै कालोमोसो दल्ने, जुत्ता माला लगाउने जस्ता घटना देखिएका छन् । यस्तो खालको कुरा आयो भने भविष्यमा हाम्रो अर्थतन्त्रका लागि राम्रो हुँदैन ।’
उनका अनुसार ‘ऋण तिर्नु पर्दैन’ जस्ता भाष्य बनाउन खोजिएको छ । यस्ता गतिविधि र गलत सन्देश फैलिन थालेमा भविष्यमा नेपालको अर्थतन्त्रका लागि राम्रो संकेत नहुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण